उपत्यकामा मापदण्डभन्दा दुई गुणा बढी वायु प्रदूषण | ईमाउण्टेन समाचार

Our Network

फागुन २८ २०८०, सोमबार

उपत्यकामा मापदण्डभन्दा दुई गुणा बढी वायु प्रदूषण

bayu pradushan-pollution in ktm

फूलमाया आले
काठमाडौं, १५ कात्तिक
। काठमाडौं उपत्यकामा प्रदूषणको मात्रा दिनानुदिन बढ्दै गइरहेको छ । हिउँद सुरु भएसँगै उपत्यकामा तोकिएको स्तरभन्दा २ गुणा बढी वायू प्रदूषण बढेको छ । धुलीखेल, बनेपा क्षेत्रको प्रदूषण रेड जोनमा पुगिसकेको वातावरण विभागले जनाएको छ ।

प्रदूषण नियन्त्रणका लागि प्रभावकारी कदम नचालिँदा हिउद सुरु भएसँगै काठमाडौं उपत्यकामा दिन प्रतिदिन प्रदूषण बढ्दो छ । सामान्यतया वायु प्रदूषणको औषत मापन ४० मिलिग्राम प्रतिघनमिटरलाई हुनुपर्छ । तर वातावरण विभागले देशभरको १४ स्थानमा जडान गरेको वायु प्रदूषण मापन केन्द्रले देखाएको प्रदूषणको मात्रा अनुसार बिहिबार काभ्रेपलाञ्चोकको , बनेपा क्षेत्रको प्रदुषण १ सय ६९ मिलिग्राम प्रतिघनमिटर पुगेकोले उक्त क्षेत्रको प्रदुषण रेड जोनमा पुगिसकेको विभागले जनाएको छ ।

साथै लुम्बिनी सबै भन्दा धेरै प्रदूषण र पोखराको वायु प्रदूषण ३९ मिलिग्राम प्रतिघनमिटर भएकोले पोखरा नेपालको सबै भन्दा स्वस्थ सहर रहेको विभागको भनाई छ ।

सवारीसाधनले निकाल्ने धुवाँ, सडक, ढल, खानेपानी योजना लगायत भौतिक संरचनाको विकास र उद्योगधन्दाबाट निस्किने फोहोरमैला प्रदुषण गर्ने मुख्य स्रोत रहेको विभागले जनाएको छ । भारतको उत्तर प्रदेश र बिहारमा रहेका १२ हजार इटा भट्टाले फाल्ने धुवा, र धुलोका कारण लुम्बिनीमा प्रदुषणको मात्रा बढेको विभागको भनाई छ ।

साथै आगामी मंसिरपछि उपत्यकामा रहेको १ सय ९ ओटा इटा भट्टाले इटा पोल्ने काम सञ्चालन गरेपछि वायुप्रदुषणको मात्रा झनै बढ्दै जाने खत्रा रहेको विभागको भनाई छ ।

वायु प्रदूषणको मापदण्डलाई वास्तविक र आधुनिक बनाउने, जाडो महिनामा आगो नबाल्ने, फोहोरहरु नजलाउने तथा सरकारले विद्युतीय गाडीलाई प्राथमिकता दिने हो भने प्रदूषण कम गर्न सकिने विज्ञहरुको भनाइ छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);