स्मार्ट लाइसन्स व्यवस्थित हुन नसक्दा चालकहरु चिटको भरमा सवारी चलाउन बाध्य | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३० २०८१, आइतबार

स्मार्ट लाइसन्स व्यवस्थित हुन नसक्दा चालकहरु चिटको भरमा सवारी चलाउन बाध्य

bus

काठमाडौं, १५ कात्तिक । सवारी साधन सञ्चालनका लागि अनुमती पत्र अर्थात ड्राइभिङ लाइसेन्सलाई व्यवस्थित बनाउन सरकारले दुई वर्ष अघि स्मार्ट लाइसन्सको अवधारणा ल्याएको थियो ।

पर्याप्त तयारी बिना ल्याइएको योजनाको प्रभावकारी कार्यान्वयन हुन सकेको छैन । ट्रायल पास गरेको एक वर्ष सम्म पनी लाईसन्स नपाउँदा सवारी चालकहरु चिटको भरमा सवारी चलाउन बाध्य भएका छन ।

ताहाचल बस्ने दिपक तामाङको लाईसेन्स हराएपछि यातायात ब्यबस्था कार्यालयमा आबेदन दिए । तामाङले आबेदन दिएको एक वर्ष भन्दा बढी भईसक्यो तर स्मार्टलाईसेन्स हातमा परेको छैन । उन पछिल्लो ७ महिनादेखि ड्राइभिङ लाइसेन्सका लागि एकान्त कुनास्थित यातायात कार्यलय धाउदै आउनु भएको छ ।

उन एक प्रतिनिधि पात्र मात्र हो यस्ता धेरै सर्वसाधारण छन जो आबेदन दिएको १५ महिना सम्म पनी लाईसेन्स नपाएर चिटको भरमा सवारी चलाउन बाध्य बनेका छन । आबेदन दिदा दिएको चिटको पनी अक्षर मेटिईसकेको अबस्था छ जसले गर्दा सडकमा सवारी चलाउदा ट्राफिकले दुख दिने गरेको चालकहरुको गुनासो छ ।

स्मार्ट लाईसेन्सको दैनिक माग १० देखि १२ हजारसम्म हुने गरेको छ । त्यस्तै नयाँ र पुराना नविकरण गर्नका लागी १० लाखको हाराहारीमा आबेदन परेको छ । आबेदन परेका मध्ये ५ लाख स्मार्टलाईसेन्स वितरण गरीसकेको विभागले जनाएको छ ।

पछिल्लो समय दैनिकजसो स्मार्ट लाईसेन्सका लागि आवेदन दिनेको संख्यामा बृद्धि भएसँगै कार्ड वितरणमा दबाब परेको समेत विभागले जानकारी दिएको छ । विभाग संग ४ वटा प्रिन्टर रहेको छ । ती प्रिन्टरहरु पनि पुराना भईसकेकाले कहिले बिग्रने तथा कहिले बन्द हुने हुनाले स्मार्ट लाईसेन्स छपाईमा ढिलाई भएको हो ।

माग बढी भएपछि विभागले मालीका ईनपुरेट प्रालीलाई कार्ड छपाईको जिम्मा दिएको छ । सो कम्पनी बाट ४५ दिनमा ५ लाख स्मार्टकार्ड छपाई गरेर दिने सम्झौता भएको र विभागमा भएका ४ ओटा प्रिन्टरबाट दैनिक १५ देखि २ हजारसम्म स्मार्ट कार्ड छापिँदै आएको छ । अब भने सर्वसाधारणले २ महिनामा स्मार्ट लाईसेन्स प्रापत गर्नसक्ने विभागको दावी छ ।

विभागले जतीसक्दो लाईसेन्स वितरणमा छिटो छरितो गर्नै बताएपनि लाईसेन्स नविकरण गर्ननै १५ महिना लाग्ने गरेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);