स्मार्ट लाइसेन्स लिन समस्या, सेवाग्राहि आक्रोसित | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

स्मार्ट लाइसेन्स लिन समस्या, सेवाग्राहि आक्रोसित

smart licence

काठमाडौं, १२ मंसिर । बिदेशमा काम गरेर फर्किएकाहरुलाई स्मार्ट लाइसेन्स लिन समस्या भएको छ ।

बिदेशी लार्यसेन्स भएका तर स्वदेशमै काम गर्न चाहनेहरु अहीले बिदेशमा लिएको लाइसेन्सको नेपालीकरण गर्न महिनौदेखि धाइरहेका छन । तर यातायात ब्यवस्था बिभागले नेपालीकरण लाईसेन्स दिन बन्द गरेका कारण समस्या उत्पन्न भएको छ ।

सरकारले सवारी चालक अनुुमती पत्र लाईसेन्सलाई ब्यबस्थित गर्नका लागी स्मार्ट लाईसेन्सको अबधारणा ल्यायो । २०७२ साल पौष बाट यातायात ब्यबस्था विभागले बागमती बाट स्मार्ट कार्ड वितरण सुरु गर्यो । त्यसै गरी २०७४ साउन देखी उपत्यका बाहिरका जिल्लामा कार्ड वितरण सुरु ग्रयो । तर माग अनुसारको आपूर्ती गर्न सकिरहेको छैन । जस्ले गर्दा स्मार्ट लाईसेन्स लिनका लागी १५ महिना सम्म कुर्नूपर्नै अबस्था त छदैछ ।

त्यस्तै विदेशमा बसी सवारी चलाईरहेका सवारीचालकहरुको सवारी चालक अनुमतीपत्र नेपालीकरणका लागी पनी झन्झट बेहोर्नू परेको छ । नेपालीकरण लाईसेन्स गत भदौ देखी बन्द भएका कारण नेपालीकरण गर्न आएका सर्वसाधारण खालीहात फर्कन बाध्यछन । बिदेशमा सिकेको सीपलाई आफनै देशमा सदुपयोग गरेर जीवन गुजारा चलाउन खोज्दा पनि समस्या भोग्नु परेको बिदेशमा काम गरेर फर्किएकाहरुको भनाई छ ।

गत भदौ देखी बन्द भएको सवारीचालक अनुमती पत्र लाईसेन्सको अनलाईन फर्म मंसिर ७ गते बाट खुलेको भए पनी नेपालीकरण सवारीचालक अनुमती पत्र भने नखुल्दा सेवाग्राहि आक्रोसित बनेका छन ।

यता यातायात ब्यबस्था विभागले भने नेपालीकरण सवारी चालक अनुमती पत्रका लागी ४ वटा कार्यालयलाई यो अधिकार दिएको बताएको छ । तर ती कार्यालयहरुमा कर्मचारी अभावका कारण नेपालीकरण सवारी चालक अनुमती पत्र दिने कार्य केहि बन्द भएको भएको छ ।

सरकारले अरु क्षेत्रमा जस्तै यातायातको क्षेत्र ब्यबस्थित गर्नका लागी भन्दै स्मार्ट लाईसेन्सको अबधारणा त ल्यायो तर यसलाई राम्रो संग कार्यान्वयन गर्न नसक्दा सर्वसाधारणले दुख पाईरहेकाछन ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);