वाइडबडी बिमान: लेखा समितिद्धारा राय माग, हप्ताभित्र प्रतिबेदन समितिमा पेश गर्न निर्देशन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

वाइडबडी बिमान: लेखा समितिद्धारा राय माग, हप्ताभित्र प्रतिबेदन समितिमा पेश गर्न निर्देशन

lekha sammit

काठमाडौं, १२ मंसिर । वाइडबडी बिमान खरीदवारे सार्वजकि लेखा समितिद्धारा सार्वजनिक खरीद अनुगमन कार्यालयसंग राय माग, एक हप्ताभित्र सुझाव सहितको प्रतिबेदन समितिमा पेश गर्न निर्देशन ।

सार्वजनिक लेखा समितिले दुई वटा वाइडबडी विमान खरिदका विषयमा सार्वजनिक खरिद अनुगमन कार्यालयको राय मागेको छ ।

नेपाल वायु सेवा निगमले वाईडबढि विमान खरिदमा अनियमितता गरे÷नगरेको छानवीन गर्ने निष्कर्षमा पुगेको सार्वजनिक लेखा समितिको बुधबार बसेको बैठकले सो सम्बन्धमा एक हप्ता भित्र राय तथा सुझावसहितको प्रतिवेदन समितिमा पेश गर्न सार्वजनिक खरिद अनुगमन कार्यालयलाई निर्देशन दिएको हो ।

lekha sammit

वाइडबढि विमान खरिद सार्वजनिक खरिद ऐनको विधि र प्रक्रिया अनुसार भए÷नभएको खुल्ने गरी समितिमा राय, सुझावसहितको प्रतिवेदन पेश गर्न सार्वजनिक खरिद अनुगमन कार्यालयलाई निर्देशन दिइएको समितिका सभापति भरतकुमार शाहले जानकारी दिए ।

समितिको बैठकमा कार्यालयका सचिव मधुप्रसाद रेग्मीले समितिको छानवीन प्रक्रियालाई सहज बनाउन आफूले तोकेको अवधिभित्र आवश्यक राय, सुझावसहितको प्रतिवेदन बुझाउने प्रतिवद्धता व्यक्त गरेका थिए ।

गत आईतबार बसेको समितिको बैठकमा सभापति शाहले वाइडबढि विमान खरिदमा ६ अर्व घोटाला देखिएको दावी गरेका थिए । २४ अर्व रुपैयाँमा खरिद गरिएको वाईडबढि विमानमा ठूलो आर्थिक चलखेल भएको आशंका गर्दै सार्वजनिक लेखा समितिले छानवीनका लागि सम्बन्धित निकायसँगको छलफललाई निरन्तरता दिएको हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);