सिद्धेश्वर माविका विद्यार्थीद्वारा १५ सय प्याकेट मैनबत्ति उत्पादन | ईमाउण्टेन समाचार

Our Network

वैशाख २ २०८१, आइतबार

सिद्धेश्वर माविका विद्यार्थीद्वारा १५ सय प्याकेट मैनबत्ति उत्पादन

main batti

बैतडी, १५ कात्तिक । बैतडी जिल्ला पाटन नगरपालिका वडा नं. ९, स्थित जिल्लाकै नमुनाको रुपमा रहेको सिद्धेश्वर माध्यमिक विद्यालयका विद्यार्थीहरुले मैनबत्ति उत्पादन गर्न थालेका छन ।

बैैतडी जिल्ला पाटन नगरपालिका वडा नं. ९, स्थित रहेको जिल्लाकै नमुनाको रुपमा रहेको सिद्धेश्वर माध्यमिक विदालयमा हाल कक्षा १० सम्मको पठनपाठन भैरहेको छ । कक्षा ६ देखी ८ सम्म अध्यापन गराईने पेसा व्यावसाय र प्रविधि शिक्षा पाठ्यक्रम्को प्रयोगात्मक कक्षा संञ्चालनका लागी तिहारलाई लक्षीत गर्दै विद्यार्थीहरुले विद्यालयमा विभिन्न साईजका १५ सय भन्दा बढी प्याकेट मैनबत्ति उत्पादन गरेका छन् ।

विद्यार्थीहरुको शैक्षिक ज्ञान संगसंगै पेसा र प्रविधिसंग प्रत्यक्ष प्रयोगात्मक कक्षा संञ्चालन गरि मैनबत्ति उत्पादन गर्न लागीएको हो । मैनबत्ति उत्पादन गरेर यसपालीको तिहारमा गाउँभरिका घरहरु उज्यालो बनाउने योजना रहेको र उक्त मैनबत्ति बिक्रिबाट आएको रकमले शिक्षकहरुको तलब दिने विद्यालयलका शिक्षक लाल सिंह महराले बताएका छन् ।

विद्यालय समय भन्दा अगाडी पछाडी र विद्यालय संञ्चालन भएको दिन दैनिक एक घण्टा प्रयोगात्मक कक्षामा मैन बत्ति उत्पादन गर्ने गरेका उनीहरुले सार्वजनिक विदाको दिन भने दिउसोभर नै मैनबत्ति उत्पादन गर्ने गरेको विद्यालयले जनाएको छ । यस नमुना विद्यालयमा हाल २६० जना भन्दा बढी विद्यार्थीहरु रहेका छन ।

राज्यपक्षबाट ३ जना स्थाई र १ जना रहता गरि जम्मा ४ जना शिक्षक छन भने विद्यालयले ८ जना निजी श्रोतमा शिक्षकहरु पाल्नु परेकाले अभिभावकहरुको आर्थिक अभावका कारण विद्यालयको व्ययभार विद्यार्थीहरुका काधमा थुपारीएको विद्यालयले जनाएको छ । स्थानीय तहको निर्वाचन पछि शिक्षा क्षेत्रमा सुधार हुने आसा गरेका अभिभाव तथा विद्यार्थीले निर्वाचन पछि झन् समस्या भएको गुनासो गरिरहेका छन् ।

राजनितीक आडका भरमा सदरमुकामका विद्यालयहरुमा शिक्षक अनुपातमा विद्यार्थी थोरै छन भने ग्रामीण भेगका विद्यालयहरुमा विद्यार्थी अनुपातमा शिक्षक थोरै रहेका ग्रामीण भेगका विद्यालयमा शिक्षक दरबन्दी थपेर या दरबन्दी मिलान गरेर समस्याको समाधान गर्न जरुरी छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);