विद्यार्थीहरु मैनबत्ति उत्पादन गर्ने काममा ब्यस्त | ईमाउण्टेन समाचार

Our Network

चैत २८ २०८०, बुधवार

विद्यार्थीहरु मैनबत्ति उत्पादन गर्ने काममा ब्यस्त

candle

बैतडी, १६ कात्तिक । बैतडी जिल्ला पाटन नगरपालिका–९, स्थित जिल्लाकै नमुनाको रुपमा रहेको सिद्धेश्वर माध्यमिक विद्यालयका विद्यार्थीहरुले मैनबत्ति उत्पादन गर्न थालेका छन ।

कक्षा ६ देखी ८ सम्म अध्ययन गर्ने यो विद्यालयमा विद्यार्थीले प्रयोगात्मक परीक्षा अन्तरगत तिहारलाई लक्षित गदै विभिन्न साईजका १ हजार ५ सय भन्दा बढी प्याकेट मैनबत्ती उत्पादन गरेका हुन् । मैनबत्ती उत्पादन गरेर यसपालीको तिहारमा गाउँभरिका घरहरु उज्यालो बनाउने योजना रहेको र उक्त मैनबत्ति बिक्रिबाट आएको रकमले शिक्षकहरुको तलब दिने विद्यालयलका शिक्षक लाल सिंह महराले बताए ।

बैैतडी जिल्ला पाटन नगरपालिका–९, स्थित रहेको जिल्लाकै नमुनाको रुपमा रहेको सिद्धेश्वर माध्यमिक विद्यालयमा हाल कक्षा १० सम्मको पठनपाठन भैरहेको छ । विद्यालय समय भन्दा अगाडी पछाडी र विद्यालय संञ्चालन भएको दिन दैनिक एक घण्टा प्रयोगात्मक कक्षामा मैन बत्ती उत्पादन गर्ने गरेका छ ।

त्यसैगरी, सार्वजनिक विदाको दिन दिउँसोभर नै मैनबत्ती उत्पादन गर्ने गरेको विद्यालयले जनाएको छ । यस नमुना विद्यालयमा हाल २ सय ६० जना भन्दा बढी विद्यार्थीहरु रहेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);