गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी सुरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख २६ २०८१, बुधवार

गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी सुरु

काठमाडौं, १५ कात्तिक । गोदावरी फूलको व्यवसायीक विकास, बिस्तार तथा प्रबद्र्धन गर्ने उदेश्यले गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी सुरु भएको छ ।

पुष्प व्यवसाय प्रवद्र्धनका सम्वन्धमा समय अनुकूल पुष्पको जातिय विकास एवं गुणस्तरीय उत्पादनमा सहयोग पुर्याउनका लागि प्रदर्शनी आयोजना गरिएको हो । ललितपुरमा सुरु भएको प्रदर्शनीको प्रदेश नम्बर ३ का भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले उदघाटन गरेका छन् ।

पुष्प व्यवसायीहरुलाई व्यवसाय प्रवद्र्धनमा हौसला प्रदान गर्ने र व्यवसायिहरु विच प्रतिस्पर्धात्मक बनाउन भन्दै विगत ११ वर्ष देखि मेलाको आयोजना गरिएको फ्लोरीकल्चर एशोसिएसनले जनाएको छ । पुष्प उत्पादक कृषकहरुले आफ्ना उत्पादनको बजार क्षेत्र प्रदर्शनीको माध्यमबाट बढ्ने विश्वाश गरेका छन । गोदावरी फूलको विविध जाती प्रजातीहरुको प्रदर्शनी नै मेलाको मुख्य आकर्षण रहेको आयोजकको भनाई छ ।

मेलामा व्यवसायिक स्टल ४४, सूचनामुलक ३ र गोदावरी फूलको प्रतिस्पर्धात्मक प्रदर्शनी स्टल १ सहित जम्मा ४८ वटा प्रदर्शनी कक्षहरु रहेका छन् । मेलामा नयाँ नयाँ प्रजातीका फूलहरुको प्रदर्शनी तथा बिक्री बितरण हुनुका साथै सयपत्री, मखमली तथा अन्य फूलका बिरुवाहरु समेत प्रदर्शनीमा राखिएका छन ।

प्रदर्शनी चार दिन सम्म संचालन हुने छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);