काठमाडौं, १४ कार्तिक ||
फ्लोरिकल्चर एशोसिएशनको आयोजनामा ललितपुरको जावलाखेलमा १६ औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी शुरु भएको छ । मंगलवार कृषि तथा पशुपंक्षी विकासमन्त्री डा.वेदुराम भुसालले १६ औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनीको उद्घाटन गर्नुभएको हो । जावलाखेल मंगलावारदेखि शुरु भएको गोदावरी फूलको प्रदर्शनीमा करिव ७० वटा स्टल रहेका छन् । फ्लोरिकल्चर एशोसिएशनले नेपाली कृषकको उत्पादनलाई प्रोत्साहन एवं प्रवद्र्धन गर्नको लागि मेला आयोजना गरिएको बताएको छ । तिहारलाई लक्षित गरेर आयोजना गरिएको यो प्रदर्शनी ५ दिनसम्म चल्नेछ ।
जावलाखेलमा १६ औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी शुरु
ताजा समाचार
रातो मत्स्येन्द्रनाथको रथ तान्न शुरु
१२ घन्टा अघि
प्रतिनिधि सभा नियमावलीमा विपक्षी दलको फरक मत
१२ घन्टा अघि
किसान भन्छन्ः केराको मूल्य बढाएका छैनौँ
१३ घन्टा अघि





