राजधानीमा ११ औँ पुष्प प्रदर्शनी सुरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

काठमाडौँ, २६ असोज । ‘रोपेर फूल गोदावरी, सजाऔं घर आँगन वरिपरि’ भन्ने नाराका साथ राजधानीमा ११ औँ पुष्प प्रदर्शनी सुरु भएको छ ।

गोदावरी फूलको व्यावसायिक विकास, विस्तार र प्रवद्र्धन गर्ने उद्देश्यले बिहीबारदेखि प्रतियोगितात्मक पुष्प प्रदर्शनी सुरु भएको हो ।

जावलाखेल खेलमैदानमा हुने प्रदर्शनीले पुष्प व्यवसाय प्रवद्र्धनका सम्बन्धमा समयअनुकूल फूलको जातीय विकास एवं गुणस्तरीय उत्पादनमा सहयोग पुग्ने आयोजक फ्लोरिकल्चर एसोसिएसनको अपेक्षा छ ।

मेलामा व्यावसायिक, सूचनामूलक र गोदावरी फूलको प्रतिस्पर्धात्मक गरी ५० स्टल छन् । असोज २९ गतेसम्म चल्ने मेलामा ३५ हजारले अवलोकन गर्ने र ४५ लाख रुपैयाँबराबरको कारोबार हुने आयोजकको अनुमान छ ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);