दाङमा सिकलसेल एनिमिया रोगका कारण तीन जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

दाङ, २६ असोज । दाङमा सिकलसेल एनिमिया रोगका कारण तीन जनाको मृत्यु भएको छ ।

नियमित उपचार गराइरहेका तीन जनाको ज्यान गएको जिल्ला स्वास्थ्य संस्थाका अधिकारीहरुले जनाएका छन् । मृत्यु हुनेमा २ पुरुष र एक महिला रहेका छन् ।

नियमित उपचार गराउँदै आएको र रगत लिइरहेका तीन जनाको मृत्यु भएको रक्त सञ्चार केन्द्र घोराहीका इञ्चार्ज दिलीप न्यौपानेले जानकारी दिएका छन् ।

जिल्लामा ९८ जनाले नियमित उपचार गराइरहेका छन् ।

सिकलसेलको पहिचान भएकाहरु उपचारका लागि सिफारिश माग्न आएका ८६ जनालाई निःशुल्क सिफारिश गरेको जनस्वास्थ्य प्रमुख धनश्याम पोख्रेलले बताएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);