दाङमा सिकलसेल एनिमियाको औषधी अभाव, भारतबाट ल्याएर खान बाध्य | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

दाङमा सिकलसेल एनिमियाको औषधी अभाव, भारतबाट ल्याएर खान बाध्य

siksel

दाङ, १७ पुस । वंशाणुगत रुपमा एक पुस्ताबाट अर्को पुस्तामा सर्ने रगत सम्बन्धि रोग सिकलसेल एनिमियाको संक्रमण दाङका थारु समुदायमा धेरै भएको आशंका छ ।

हाल दाङमा सिकलसेल एनिमिया भएका १ सय ३७ जना बिरामीले नियमित औषधी खाइरहेका छन् । तर कुल बिरामीको संख्या भने धेरै हुनसक्ने सरोकारवालाको भनाई छ ।

शरीरमा आवश्यक अक्सिजन संचार गर्ने राता रक्तकोशीका स्वस्थ नहुदा लाग्ने रोग सिकलसेल एनिमिया दाङका थारु समुदायमा धेरै छ । उक्त रोगीको संख्या बढ्दै गएपछी हाल राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सिकलसेल एनिमियाको परिक्षण शुरु गरिएको छ ।

प्रदेश सरकारको १० लाख र उपमहानगरपालिकाको ८ लाखको लगानीमा प्रादेशीक अस्पतालमा रोग परिक्षणका लागि मेसिन खरीद गरिएको छ । तर एक बिरामीको परिक्षण गर्दा १२ सय रुपैया लाग्ने हुनाले धेरैले परिक्षण नगराउदा बिरामीको यकिन तथ्याङ्क छैन । यद्यपी स्थानीय तहले समन्वय गरेमा परिक्षण निशुल्क गर्न सकिने अस्पतालको भनाई छ ।

अस्पताल निशुल्क परिक्षण हुन सक्ने बताएपछी दाङको शान्तिनगर गाउँपालिकाले यसको पहल थालेको छ । गाउँपालिकामा गत बर्ष ३८ जना सिकलसेलका विरामी भेटिएका थिए । यसका लागी गाउँपालिकाले यसबर्ष बजेट नै छुट्याएपछी परिक्षण गर्नेको संख्यामा बृद्धि हुने अपेक्षा गरिएको छ ।

तुलसीपुर उपहानगरपालिकाले पनि अस्पातललाई मेसिन खरिदको लागी गत बर्ष बजेट दिएको र सम्भव भएसम्म यस बर्ष र नभए अर्को बर्ष त्यस्ता विरामीहरुको उपचारको लागी नि:शुल्क उपचारको ब्यवस्था गर्ने जनाएको छ ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीले सिकलसेल एनिमियाका लागि बिगतका बर्षमा एक लाख बराबरको निःशुल्क औषधी उपलब्ध गराउदै आएको थियो । तर अहिले भने अस्पतालमा औषधीको अभाव हुँदा बिरामीले नेपालगंज वा भारतबाट औषधी ल्याएर खानु पर्ने बाध्यता छ ।

२०६८ को जनगणना अनुसार दाङमा १ लाख ६३ हजार ३३४ थारु समुदायको बसोबास रहेको छ । दाङका थारुहरुको कूल संख्या मध्ये १५ प्रतिशतमा सिकलसेल एनिमिया भएको हुनसक्ने आशंका गरीएको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);