सकलसेल एनिमिया कैलालीमा निःशुल्क उपचार सेवा सुरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

साउन २६ , कैलाली । थारु समुदायका मानिसलाई मात्र देखा पर्ने सिकलसेल एनिमिया रोगको कैलालीमा निःशुल्क परीक्षण तथा उपचार सेवा सुरु भएको छ ।

कैलालीको मध्यवर्ती क्षेत्र सुखडमा निजी क्षेत्रबाट सञ्चालित घोडाघोडी अस्पतालले सिकलसेल एनिमिया रोगको निःशुल्क स्वास्थ्य परीक्षण तथा उपचार सुरु गरेको हो ।

यो रोग लागेपछि हात जोर्नी दुख्ने, अच्छी लाग्ने जस्ता समस्या देखा पर्ने चिकित्सकहरु बताउँछन् । रगतसम्बन्धी वंशाणुगत रोग सिकलसेलको उपचार सुरु भएसँगै कैलालीका आदिबासी थारु समुदायका नागरिक लाभान्वित हुने भएका छन् ।

थारु समुदायको कुल जनसंख्याको करिब ३० प्रतिशत मानिसलाई सिकलसेल रोग भएको अनुमान छ । यसअघि, धनगढीको सेती अञ्चल अस्पताल, कञ्चनपुरको महाकाली अस्पताल र नेपालगन्जको भेरी अञ्चल अस्पतालबाट सिकलसेलको उपचार हुँदै आएको थियो ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);