गुडिरहेका ट्रकका करेण्ट लागेर एकजनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

बर्दिया, २६ असोज । बर्दियाको ठाकुरबाबा नगरपालिकाबाट धानको भुस बोकेर पोखराका लागि छुटेको ट्रकले बिजुलीको लाइन छुँदा करेण्ट लागेर एक जनाको मृत्य भएको छ।

ठाकुरबाबा नगरपालिका-३ जुडपानीबाट भुस बोकेर गएको ना ३ ख ५४८८ नम्बरको ट्रकले बिजुलीको लाइन छुँदा करेण्ट लागेर घाइते भएका बाँसगढी नगरपालिका–३ का २० वर्षका बलीराम थारुको मेडिकल कलेज कोहलपुरमा उपचारका क्रममा ज्यान गएको हो।

अर्का घाइते बाँसगढी-३ कै अर्जुन थारुको सोही अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);