सिमरा विमानस्थलमा एक्स–रे मेसिन जडान | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

बारा, २५ असोज । बाराको जितपुर सिमरा उपमहानगरपालिकामा रहेको सिमरा विमानस्थलमा एक्स–रे मेसिन जडान गरिएको छ ।

सिमराको सुरक्षा व्यवस्थालाई मध्यनजर गर्दै नागरिक उड्डयन प्राधिकरण प्रधान कार्यालयले सिमरा विमानस्थलमा अत्याधुनिक प्रविधिको यात्रुको सामान चेकजाँच गर्ने एक्स–रे मेसिन जडान गरेको हो ।

बारा लगायत छिमेकी जिल्लाहरु र भारतीय यात्रुको बढी आवागमन हुने यो विमानस्थलमा प्रविधियुक्त एक्स–रे मेसिन जडानले हवाई सुरक्षामा महत्वपूर्ण उपलब्धि भएको विमानस्थलको ठहर छ ।

अहिले सिमराबाट राजधानीका लागि रात्रि उडानसमेत हुने गरेको छ । तर, बुद्ध एयरबाहेक अन्य निजी विमान कम्पनीले भने सिमरामा उडान भर्न समस्या देखाइरहेको विमानस्थलले जनाएको छ ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);