चन्द्रगढी विमानस्थलमा एक्स–रे मेसिन जडान | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३ २०८१, सोमबार

झापा, १९ असोज । झापाको भद्रपुरस्थित चन्द्रगढी विमानस्थलमा एक्स–रे मेसिन जडान गरिएको छ ।

वमानस्थल सञ्चालन भएको ३८ वर्षपछि आधुनिक स्तरको एक्स–रे मेसिन जडान गरिएको हो । नागरिक उडड्यन प्राधिकरण केन्द्रीय कार्यालयले करिब ५० लाख मूल्यको एक्स–रे मेसिन उपलब्ध गराएको चन्द्रगढी विमानस्थलले जनाएको छ ।

प्रहरीले हेड सेफबाट यात्रुको सामान चेकचाँज गर्दै आएकोमा एक्स–रे मेसिन जडान भएपछि चेकजाँचमा सहज हुने भएको छ । हाल भद्रपुर विमानस्थलबाट बुद्ध, यती, सौर्य, नेपाल एयरलाइन्स र श्री एयरलाइन्सले उडान भर्दै आएका छन्।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);