डा. महेशकुमार गजुरेलको स्वास्थ्य स्थिति नाजुक बन्दै | ईमाउण्टेन समाचार

Our Network

चैत १८ २०८०, आइतबार

काठमाडौँ, १९ असोज । विभिन्न माग राख्दै आमरण अनसन बस्नुभएका नेपाल आंशिक प्राध्यापक संघका अध्यक्ष डा. महेशकुमार गजुरेलको स्वास्थ्य स्थिति नाजुक बन्दै गएको छ ।

आंशिक प्राध्यापकहरुलाई विनासर्त तत्काल करार गर्न माग गर्दै उहाँ त्रिभुवन विश्वविद्यालयमा नौ दिनयता अनसन बसिरहनुभएको छ । तर सरकारले बेवास्ता गरेपछि गजुरेलको स्वास्थ्य अवस्था बिग्रदै गएको हो । रक्तचापमा आएको उतरचढावका कारण डा. गजुरेलको स्वास्थ्य अवस्था चिन्ताजनक अवस्थामा पुगेको स्वास्थ्यकर्मीहरुले बताएका छन ।

आंशिक प्राध्यापकहरुलाई करार गर्न माग गर्दै दिएको दवाव सरकारले बेवास्ता गरेपछि संघका अध्यक्ष डा. गजुरेलले आमरण अनसन सुरु गरेका हुन् ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);