डाक्टर केसीको स्वास्थ्य अवस्था नाजुक बन्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

अप्सरा गौतम , साउन २४ , काठमाण्डौँ । स्वास्थ्य क्षेत्रमा सुधारको माग राख्दै त्रिवि शिक्षण अस्पतालका वरिष्ठ चिकित्सक डाक्टर गोबिन्द केसी अनसन बसेको १६ औ दिन भयो । यो अवधिमा सरकार र केसीका प्रतिनिधिबीच पटक पटक बार्ता भयो । तर निकास निस्केको छैन । केसीका मागमा सरकारले गम्भिरता नदेखाउँदा उहाँको स्वास्थ्य अवस्था नाजुक बन्दै गएको छ ।

चिकित्सा शिक्षासुधारको माग राख्दै त्रिवि शिक्षण अस्पतालका वरिष्ठ चिकित्सक डाक्टर गोबिन्द केसी ११ औं पटक आमरण अनसनमा हुनुहुन्छ । यिनै माग सम्बोधनका लागि यसअघिका अनसनमा केसीले हस्ताक्षर गर्नुभएको थियो । सम्झौता गर्ने तर, कार्यान्वयन नगर्ने सरकारी प्रवृत्तिका कारण फेरि अनसन बस्नुपरेको केसीको भनाई छ । सरकारी पक्षसँग पटकपटक वार्ता भए पनि माग सम्बोधन गर्ने विषयमा सरकारले चासो नराखेको केसी पक्षको आरोप छ ।

 

सरकारले केदार भक्त माथेमाको नेतृत्वमा बनेको माथेमा आयोगको प्रतिबेदन पूरा गरे समस्या समाधान हुने केसी पक्षधरको भनाई छ । तर माथेमा आयोगको प्रतिवेदन कार्यान्वयन गरे निजी मेडिकल कलेज सञ्चालक र लगानीकर्ता डुब्ने हुँदा सरकारले आफूहरुका माग सम्बोधन नगरेको डा केसीको आन्दोलनमा सहयोग गर्नेहरु बताउँछन् । अनसनरत केसीको स्वास्थ्य अवस्था अहिले निक्कै नाजुक अवस्थामा पुगेको चिकित्सकहरुको भनाई छ ।

विगतमा पनि सरकारले केसीलाई अनसन नबसाउने गरी माग सम्बोधन गर्ने भनेपनि भनाई कार्यान्वयन हुन सकेन । स्वास्थ्य क्षेत्रका समस्या पहिचान गरी दीर्घकालिन निर्णय लिनु आवश्यक छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);