हात्तीको आंतक मच्चिएको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

साउन २४ ,काठमाण्डौँ । झापामा जंगली हात्तीको आंतक मच्चिएको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाइएको छ ।

झापाको दुईवटा नगरपालिका र तीनवटा गाउँपालिकाका तीन हजारभन्दा बढी हात्ती पीडितहरुले हस्ताक्षर गरेको ज्ञापनपत्र नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलामार्फत प्रधानमन्त्री देउवालाई पठाएका हुन् । कांग्रेसका क्षेत्रीय सभापति गणेश पोखरेलले नेता सिटौलालाई स्थानीयले हस्ताक्षर गरेको ज्ञापनपत्र बुझाउनुभयो । ज्ञापनपत्र बुझ्दै नेता सिटौलाले हात्ती नियन्त्रणका विषयमा सरकार गम्भीर रहेको बताउनुभयो ।

ज्ञापनपत्रमा जलथल जंगलको विस्तृत कार्ययोजना तयार भइसकेको स्मरण गराउँदै जंगल वरिपरि विद्युतीय तारबार गर्नुपर्ने जिल्ला वन कार्यालय झापाको योजना तत्काल कार्यान्वयनमा ल्याउन आग्रह गरिएको छ । झापाको भद्रपुर, विर्तामोड, हल्दिबारी, बाह्रदशी, कचनकवल लगायतका क्षेत्रमा जंगली हात्तीले आतंक मचाउने गरेको छ ।

 

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);