कोरोनाले पहिलोपटक जुम्ली नागरिकको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

कोरोनाले पहिलोपटक जुम्ली नागरिकको मृत्यु

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा उपचार गराइरहेका एक जना संक्रमितको बुधबार बिहान मृत्यु भएको छ । जुम्ला हिमा गाउँपालिका ७ निबासी ५७ बर्षिय एक पुरुषको मृत्यु भएको हो ।

मृतक दम रोगले ग्रसित उनी जेठ ९ गते अस्पतालमा भर्ना भएका थिए । कोरोनो पोजेटिभ देखिएपछि उनको भेन्टिलेटरमा राखेर उपचार भइराखेको थियो । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्रवक्ता डा। रमेश भट्टराईले कर्णाली अस्पतालमा उपचार गराइरहेका ५७ बर्षिय संक्रमितको मृत्यु भएको जानकारी दिए ।

उनले भने,‘दम रोगले ग्रसित ५७ बर्षिय बिरामी सिकिस्त अवस्थामा अस्पताल ल्याइएको थियो । भेण्टिलेटरमा उपचारको क्रममा उनको मृत्यु भयो । प्रवक्ता भट्टराईका अनुसार आज बिहानै साढे ५ बजेतिर संक्रमितको मृत्यु भएको हो ।

अहिले एक जना कालिकोटको संक्रमितकोको भेन्टिलेटरमा राखेर उपचार भइरहेकोछ । यसअघि कर्णाली प्रतिष्ठान शिक्षण अस्पतालमा उपचार गराइरहेका तीन जनाको मृत्यु भइसकेको छ । जसमा २ जना कालिकोटका र एक जना सुर्खेतको रहेका थिए । जुम्ला जिल्लाकै बासिन्दाको पहिलोपटक कोरोनाले मृत्यु भएको हो । योसँगै जुम्लामा कोभिड ( १९ बाट मृत्यु हुनेको संख्या ४ पुगेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);