जुम्ला अस्पतालमा कोरोनाले दुई सातामा तीनको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

जुम्ला अस्पतालमा कोरोनाले दुई सातामा तीनको मृत्यु

जुम्ला । जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा एक जना सुर्खेतका र कालिकोटका दुई जनाको मृत्यु भएको छ । अस्पतालमा उपचारतार्थ कालिकोट तिलागुफा नगरपालिका – ११ का ८० वर्षीय एक बृद्धको मुत्यु भएको हो ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका प्रवक्त रमेश भट्टराईका अनुसार अस्पतालमा उपचारतार्थ बृद्धको कोरोना संक्रमणका कारण मृत्यु भएको हो । उनले भने उहाँलाई भेण्टिलेटरमा राखिएको थियो । धेरै प्रयास गर्दा पनि बचाउन सकिएन ।

यसअघि सुर्खेत चौकुने गाउँपालिका – १० का ३८ वर्षीय कोभिड–१९ संक्रमणका कारण मृत्यु भएको थियो । यस्तै जुम्ला अस्पतालमा कालिकोट तिलागुफा नगरपालिका– ३ का ६७ वर्षीय एक बृद्धको कोभिड–१९ बाट मुत्यु भएको थियो ।

जुम्ला अस्पतालमा दुई जना कालिकोटका र एक जना सुर्खेतका गरी तीन जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);