जुम्लामा दोश्रो कोरोना संक्रमितको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

जुम्लामा दोश्रो कोरोना संक्रमितको मृत्यु

सपना रावत,

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा उपचाररत एक जना कोरोना संक्रमितको आज बिहान मृत्यु भएको छ । यो सँगै जुम्लामा कोरोना बाट मृत्यु हुनेको संख्या दुई पुगेको छ ।

अस्पतालमा उपचारतार्थ सुर्खेत चौकुने गाउँपालिका – १० का ३८ वर्षीय जगत बहादुर शाहीको आइतबार बिहान कोरोना संक्रमणका कारण मृत्यु भएको अस्पतालले जानकारी दिएको छ । मृतक गत वैशाख ३१ गतेदेखि अस्पतालमा भर्ना भएका थिए ।

मृतक शाहीलाई निमोनिया पनि भएको अस्पतालका प्रवक्ता डा. रमेश भट्टराईले बताए । उनका अनुसार निमोनियाले गर्दा उनको फोक्सो एकदमै कमजोर भएकोले कोरोनाले झन् असर गरेको हो ।

मृतकका दुबै श्रीमान श्रीमती कोरोना संक्रमित भए पनि उनकी श्रीमतीले भने केही दिन अगाडि कोरोना जितेकी थिइन् । तर धेरै मेहेनत गर्दा पनि उनका श्रीमानलाई बचाउन नसकिएको प्रतिष्ठानका प्रवक्ता भट्टराईले जनाए ।

यसअघि जुम्ला अस्पतालमा कालिकोट तिलागुफा नगरपालिका – ३ का ६७ वर्षीय सिंहबहादुर शाहीको मुत्यु भएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);