पछिल्लो २४ घण्टामा ७ हजार ६ सय ६४ जना कोरोना जित्न सफल | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

पछिल्लो २४ घण्टामा ७ हजार ६ सय ६४ जना कोरोना जित्न सफल

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ७ हजार ६ सय ६४ ले कोरोना भाइरसलाई जित्न सफल भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा हुने ७ हजार ६ सय ६४ संक्रमणमुक्त भएका हुन् ।

त्यसैगरी पछिल्लो २४ घण्टामा ७ हजार ५ सय ९८ मा संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा गरिएको १८ हजार ९ सय ६५ पीसीआर परीक्षणमध्ये ७ हजार ५ सय ९८ मा संक्रमण पुष्टि भएको हो ।

हाल नेपालमा एक लाख १५ हजार ५४७ सक्रिय संक्रमित रहेका छन् ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ सय ९३ संक्रमितले ज्यान गुमाएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);