दाङका १० उद्योगको सेवा कटौति गर्ने प्रशासनको चेतावनी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

दाङका १० उद्योगको सेवा कटौति गर्ने प्रशासनको चेतावनी

दाङ । बालुवा प्रशोधनको अनुमति लिई कानून विपरित क्रसर उद्योग संचालन गर्ने दाङका १० वटा उद्योगको सेवा कटौति गर्न जिल्ला प्रशासन कार्यालय दाङले चेतावनी दिएको छ । आइतबार एक सूचना जारी गर्दै प्रमुख जिल्ला अधिकारी दीर्घनारायाण पौडेलले यस्तो चेतावनी दिनुभएको हो ।

ति उद्योगहरुलाई गत वर्षको मंसिर ४ गते क्रसर उद्योग सम्बन्धी सम्पुर्ण काम बन्द गर्न प्रशासनले पत्र पठाइ बन्द गर्ने निर्देशन दिएको थियो । तर, ति उद्योगहरुले त्यसको अवज्ञा गरी क्रसरको कार्य गराएको हुनाले त्यस्ता उद्योगहरुमा जोडिएका विद्युत, खानेपानील गायतका सेवा सुविधाहरु बन्द गरिनुका साथै उद्योग र सञ्चालक समेतको बैंक खाता, कारोबार लगायतका कामहरु रोक्का गरिने प्रजिअ पौडेलले जारी चेतावनी दिनुभएको छ ।

बालुवा प्रशोधनको अनुमति लिएर क्रसर चलाउनेमा बिजौरी स्थित स्वर्गद्वारी प्लान्ट प्रालि, सोही ठाउँकै जनविश्वास वालुवा वासिङ उद्योग, तुलसीपुरको गणेश वालुवा वासिङ उद्योग, तुलसीपुरको के एण्ड एस बालुवा प्रशोधन उद्योग, तुलसीपुरकै मंगलम बालुवा प्रशोधन उद्योग, दाङको सतबरियाको बगारबाबा बालुवा प्रशोधन उद्योग रहेका छन् ।

त्यस्तै लमहीको पाण्डवेश्वर बालुवा वासिङ उद्योग, बेलाको जय बागेश्वरी बालुवा प्रशोधन उद्योग, बेलाकै पूर्णा गिरी एगृगेट बालुवा वासिङ उद्योग र बबई गाउँपालिका ६ मा रहेको कृप्रभिज्ञा बालुवा वासिङ उद्योग हुन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);