नेपालको लगानी र आर्थिक वृद्धिको अनुपात सन्तोषजन छैन: विश्व बैक | ईमाउण्टेन समाचार

Our Network

जेठ २७ २०८१, आइतबार

नेपालको लगानी र आर्थिक वृद्धिको अनुपात सन्तोषजन छैन: विश्व बैक

काठमाडौं, १५ कात्तिक । विश्व बैकले नेपाल विकास सम्बन्धी प्रतिवेदन सार्वजनिक गर्दै नेपालको लगानी वृद्धि र आर्थिक वृद्धिको अनुपात सन्तोषजन नरहेको जनाएको छ ।

विहिबार एक कार्यक्रमकाबीच प्रतिवेदन सार्वजनिक गर्दै विश्व बैकका नेपाल निर्देशक चिमाओ फ्यानले स्थिर सरकार भएपनि सोचे अनुसारको लगानी मैत्री बातावरण बन्न नसकेको बताएका हुन् । उनले पुर्वाधार निर्माण गर्दै नीजी क्षेत्रसंग साझेदारी गर्नका लागि नीतिगत सुधारमा चिमाओ फ्यान, नेपाल निर्देशक र विश्व बैकध्यान दिन सुझाव दिए ।

कार्यक्रमा अर्थमन्त्री डाक्टर युवराज खतिवडाले ६० प्रतिशत भन्दा बढी लगानी निजी क्षेत्रबाट भएकाले सरकार निजी क्षेत्र संग हातेमालो गर्न सधै तयार रहेको स्पष्ट पारे । उनले विकास र लगानीका विषयमा प्रतिवेदनमा उल्लेखित तथ्याङ्क केही तल माथि देखिए पनि श्रमिकको उत्तरदायीत्वको साथै बजार नियन्त्रण अर्थायतका विषय सरकारले नै हेर्नुपर्ने भएकाले केही समय लागेको तर्क गरेका छन् ।

प्रतिवेदनमा विश्व व्यापार गर्न सहज १ सय ९० देशहरुको सूचीमा नेपाल १ सय ५ औ स्थानमा परेको उल्लेख छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);