भारतबाट सिंगापुर जान लागेको मालवाहक पानीजहाजमा आगलागी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

भारतबाट सिंगापुर जान लागेको मालवाहक पानीजहाजमा आगलागी

एजेन्सी । भारतबाट सिंगापुर जान लागेको एउटा पानी जहाजमा आगलागी भएको छ।

श्रीलंकाको कोलम्बो हुँदै सिंगापुर जान लागेको एमभी एक्स–प्रेस पर्ल मालवाहक पानीजहाजमा बिस्फोटपछि आगलागी भएको हो । भारतको हाजिरा बन्दरगाहबाट १ हजार ४ सय ८६ कन्टेनर सामान बोकेर सिंगापुरको ध्वजावाहक उक्त पानीजहाज मे १५ मा छुटेको थियो ।

जहाजको चालक दलमा फिलिपिन्स, चीन, भारत र रूसका गरी २५ जना रहेको र उनीहरुको श्रीलंकाको नौ सैनिकले उद्धार गरेको बताइएको छ । उद्दार गरिएका मध्ये दुई जनाको अवस्था भने गम्भीर रहेको बताइएको छ ।

आगो नियन्त्रणमा लिन श्रीलंकाली वायु सेनाको हेलिकप्टरबाट केमिकल फालिएको थियो भने जहाजमा रहेका कैयौं कन्टेनर समुन्द्रमा खसेका थिए । पानीजहाजमा भएको रसायनबाट आगो लागेको हुन सक्ने अनुमान गरिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);