पानीजहाज कार्गो पानीजहाज आपसमा ठोक्किँदा ३२ जना बेपत्ता | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

पानीजहाज कार्गो पानीजहाज आपसमा ठोक्किँदा ३२ जना बेपत्ता

SHIP-Pani-Jahaj

काठमाडौं, २४ पुष । चीनको पूवी समुन्द्री तटमा तेल बोकेको पानीजहाज र मालसामानसहितको कार्गो पानीजहाज आपसमा ठोक्किँदा ३२ जना बेपत्ता भएका छन् ।

पानामामा दर्ता ’द सान्ची’ नामक पानीजहाजले इरानबाट १ लाख ३६ हजार टन इन्धन ल्याएको थियो । दुर्घटनामा परेको पानीजहाज इरानबाट दक्षिण कोरिया जान लागेको जनाइएको छ । चीनको यातायात मन्त्रालयले हराइरहेका व्यक्ति उक्त जहाजको चालक दलका सदस्य रहेको जनाएको छ । वेपत्ता हुनेमा ३० जना इरानी र दुई जना बांग्लादेशी नागरिक रहेका छन् ।

’कार्गो’ पानीजहाजमा रहेका चालक दलका २१ सदस्यहरुको भने उद्धार गरिएको छ । दुर्घटनामा परेको द सान्ची नामक पानीजहाजमा आगलागि भएको जनाइएको छ । खोज तथा उद्धारका लागि आठवटा चिनियाँ पानीजहाज खटिएको सिन्ह्वा समाचार संस्थाले जनाएको छ । दक्षिण कोरियाले पनि तट रक्षकहरुको एउटा जहाज र हेलिकप्टर सहयोगका लागि पठाएको बताइएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);