विद्रोही समुह आर्साले रखाइन प्रान्तमा सेनाको ट्रकमाथि आक्रमण | ईमाउण्टेन समाचार

Our Network

चैत ९ २०८०, शुक्रबार

विद्रोही समुह आर्साले रखाइन प्रान्तमा सेनाको ट्रकमाथि आक्रमण

15france-ss-2-master768-v3

काठमाडौं, २५ पुष । म्यानमारको अल्पसंख्यक रोहिंग्या मुस्लिम बाहुल क्षेत्रको विद्रोही समूहले सरकारविरूद्ध लडिरहने चेतावनी दिएको छ ।

विद्रोही समुह आर्साले रखाइन प्रान्तमा सेनाको ट्रकमाथि आक्रमण गरेको दाबी गर्दे सरकारविरूद्ध लडिरहने चेतावनी दिएको हो । गत वर्ष आर्साले सेनामाथि आक्रमण गरेपछि रखाइन प्रान्तमा हिंसा मच्चिएको थियो ।

उक्त हिंसाका कारण ६ लाख रोहिंग्या मुस्लिम बांग्लादेश पुगेका थिए । म्यानमार सरकारले आर्सालाई उग्रवादी समूहको आरोप लगाउदै आएको छ । म्यानमार सरकारले अल्पसंख्यक रोहिंग्या मुस्लिमलाई आफ्नो देशको नागरिक मान्न अस्वीकार गरेको छ ।

संयुक्त राष्ट्र संघले पनि म्यानमारको सेनाले अल्पसंख्यक रोहिंग्या मुस्लिमविरूद्ध जातीय सफाया गरेको बताउँदै आएको छ । म्यानमार सरकारले भने खण्डन गर्दै आएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);