पुर्व योजनामा नै भड्किएको म्यानमार आतंक | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

एजेन्सी, ३१ भदौ । म्यानमारस्थित राखीने प्रान्तमा रहेका रोहिंग्या समुदायमा सुनियोजित अभियानअन्तर्गत आगो लगाइएको भूउपग्रह तस्वीरबाट देखिएको अधिकारवादी संस्था एम्नेस्टी इन्टरन्याशनलले जनाएको छ।

ती तस्वीरहरु म्यानमारको सुरक्षा फौजले अल्पसंख्यक मुस्लिम रोहिंग्या समुदायलाई देशबाट निकाल्ने प्रयास गरिरहेको प्रमाण आएको उसले बताएको बीबीसीले जानकारी दिएको छ ।

म्यानमारका सरकारी सेनाले लडाकु विरुद्धको अभियान भन्दै रोहिंग्या समुदायलाई लक्षित गरिएको सो संस्थाले दाबी गरेको छ।

गत महिना रोहिंग्या लडाकु समुहले प्रहरी चौकीहरुमा आक्रमण गरेपछि हिंसा भड्किएको थियो र झण्डै ३ लाख ८९ हजार रोहिंग्या मुस्लिमहरु ज्यान जोगाउन भागेर छिमेकी देश बांग्लादेश प्रवेश गरेका छन्। केही समुह नेपालमा पनि सरन लिन आइपुगेको देखिएको छ ।

sourc: npr.org

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);