बगंलादेशद्वारा राहिंग्याका आवतजावतमा कडाइ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

एजेन्सी, १ असोज । बंगलादेश सरकारले म्यानमारबाट भागेर पुगेका रोहिंगा मुसलमानमाथि कडाई गरेको छ ।

बंगलादेशले पछिल्लो तीन सातामा म्यानमारबाट भागेर पुगेका करिब ४ लाख रोहिंगाको आवतजावतमा कडाई गरेको हो । बंगलादेश प्रहरीले विज्ञप्ति जारी गर्दै सरकारले छुट्याएका निश्चित स्थानमा मात्र रोहिंगाहरु बस्नुपर्ने तथा साथी र नातेदारसँग अरु ठाउँमा जान अनुमति नदिइने उल्लेख गरेको छ । प्रहरीले यातायात व्यवसायी र चालकहरुलाई रोहिंगा शरणार्थीलाई नबोक्न आग्रह गरेको छ । प्रहरीले शरणार्थीलाई कोठा भाडामा नदिन पनि घरधनीहरुलाई सचेत गराएको छ ।

बंगलादेश सरकारले रोहिंगा शरणार्थीलाई बस्न कोक्स बजार छेउमा आश्रयस्थल बनाउने तयारी गरेको छ । यो शिविरमा ८० हजारभन्दा बढीले आश्रय पाउने बताइएको छ ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);