संयुक्त राष्ट्रसंघद्धारा म्यानमार सरकारलाई आरोप | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

एजेन्सी, २७ भदौ । संयुक्त राष्ट्रसंघले म्यानमार सरकार आदिवासी रोहिंगा मुसलमान समुदायको अस्तित्व मेटाउने प्रयासमा लागेको आरोप लगाएको छ ।

संयुक्त राष्ट्रसंघका मानवअधिकार प्रमुख जेईद राहद अल हुसैनले म्यानमार सरकार आदिवासी रोहिंगा मुसलमान समुदायको अस्तित्व मेटाउने प्रयासमा लागेको भन्दै सेनाले गरिरहेको अत्याचार तत्काल रोक्न आग्रह गर्नुभएको छ । यद्यपी म्यानमार सरकारले भने हुसैनको आरोपको खण्डन गर्दै रोहिंगा विद्रोहीमाथि मात्रै कारबाही गरिएको दावी गरेको छ ।

गत अगस्ट २५ मा केही रोहिंगा विद्रोहीले एउटा प्रहरी चौकीमा आक्रमण गरेपछि हिंसा शुरु भएको थियो । त्यसयता सरकारी सेनाले रोहिंगाको घरमा आगो लगाउने, यातना दिने र मार्नेजस्ता अमानवीय कार्य गरेको भन्दै रोहिंगा बाहुल्य क्षेत्र मानिने राखिने राज्यबाट भागेर सर्वसाधारण बंगलादेश पुगेका छन् । यसैबीच रोहिंगा मुस्लिम विद्रोहीद्वारा एकातर्फी रुपमा गरिएको युद्धविराम म्यानमार सरकारले अस्वीकार गरेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);