म्यान्मारको उत्तरी राज्य काचिनमा सरकारी सेना र आदिवासी समुदायबीच तनाव | ईमाउण्टेन समाचार

Our Network

चैत २८ २०८०, बुधवार

म्यान्मारको उत्तरी राज्य काचिनमा सरकारी सेना र आदिवासी समुदायबीच तनाव

manmar

एजेन्सी, १६ बैशाख । म्यान्मारको सुदूर उत्तरी राज्य काचिनमा सरकारी सेना र आदिवासी समुदायबीच तनाव सुरु भएपछि हजारौं नागरिक विस्थापित भएका छन् ।

चीनसँग सीमा जोडिएको काचिनमा सरकारी सेनाको आक्रमणका कारण दशौं हजार स्थानीय बासिन्दा घरबार छोडेर भाग्न बाध्य भएको संयुक्त राष्ट्रसंघले जनाएको छ । त्यहाँ काचिन आदिवासी समुदायले स्वतन्त्र राज्यको माग गर्दै लामो समयदेखि सशस्त्र आन्दोलन गर्दै आएको छ । पछिल्लोपटक सरकारी फौजले हवाई र तोप हमला गरेपछि काचिनमा हिंसा भड्किएको हो ।

हिंसाग्रस्त क्षेत्रमा हजारौं मानिस भाग्न नसकेर फसिरहेको हुनसक्ने आशंका गरिएको छ । यसैबीच सहायता संस्थाहरुले म्यानमार सरकारसँग हिंसा भड्किएको क्षेत्रमा सहयता सामग्री पुर्याउने अनुमति दिन आग्रह गरेका छन् । तर, विदेश मन्त्री आङ साङ सुचिले अनुमति दिन नसकिने बताउँदै आएकी छिन् । प्रजातन्त्रवादी नेतृ भनिएकी आङ सान सुची विदेशमन्त्री रहेको म्यानमारमा पटक पटक हिंसाजन्य घटना भैरहेका छन् ।

यस अघि रोहिंगा समुदायमाथि पनि सरकारी सेनाले यस्तै हर्कत गरेको थियो । म्यानमारबाट विस्थापित भएका रोहींगाहरु अहिले बंगलादेश लगायतका विभिन्न देशको शरणमा छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);