मुसलमानको हत्यामा आफ्नो संलग्नता रहेको म्यानमारको सेनाद्वारा स्वीकार | ईमाउण्टेन समाचार

Our Network

जेठ २ २०८१, बुधवार

मुसलमानको हत्यामा आफ्नो संलग्नता रहेको म्यानमारको सेनाद्वारा स्वीकार

काठमाडौं, २७ पुष । रोहिंग्या मुसलमानको हत्यामा आफ्नो संलग्नता रहेको म्यानमारको सेनाद्वारा स्वीकार, प्रतिशोधका आधारमा हत्या गरेको सेनाको भनाइ ।

म्यानमारको सेनाले रखाइन प्रान्तमा भड्किएको हिंसाका क्रममा रोहिंग्या मुसलमानको हत्या गरेको स्वीकार गरेको छ ।

म्यानमारको सेनाले पहिलो पटक हत्या तथा ज्यादतीमा आफूहरु संलग्न रहेको स्वीकार गरेको हो । सेनाले यसअघि रोहिंग्याको हत्यामा आफ्नो संलग्नता अस्वीकार गर्दै आएको थियो । सबै घटनामा नभइ एक घटनामा मात्रै आफूहरुले रोहिंग्या मुसलमानको हत्या गरेको सेनाले बताएको छ ।

सेनाका अनुसार इन दिन गाउँमा १० जनाको हत्या भएको र त्यसमा चार सुरक्षाकर्मी सामेल रहेको बताएको छ । सेनाले चार सुरक्षाकर्मीले प्रतिशोधकारुपमा १० जनाको हत्या गरेको आफ्नो प्रतिवेदनमा उल्लेख गरेको छ । प्रतिवेदनमा मारिएका रोहिंग्या मुसलमानलाई बंगाली आतंकवादीको संज्ञा दिइएको छ ।

गएको अगस्टदेखि रोहिंग्याको बसोबास रहेको रखाइन प्रान्तमा हिंसा भड्किएको छ । हिंसा भड्किएपछि साढे ६ लाख रोहिंग्या मुसलमान देश छोडेर छिमेकी देश बंगलादेश पुगेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);