म्यानमारमा हिंसात्मक घटना रोक्न आङसाङ सुकी असफल | ईमाउण्टेन समाचार

Our Network

चैत ८ २०८०, बिहीबार

म्यानमारमा हिंसात्मक घटना रोक्न आङसाङ सुकी असफल

म्यानमारका ६ सैनिक अधिकारीमाथि मुद्दा चलाउन संयुक्त राष्ट्रसंघको जोड

एजेन्सी, १२ भदौ । म्यानमारका ६ जना सेनाका ठूला अधिकारीहरुले हिंसा रोक्न असफल रहेको भन्दै संयुक्त राष्ट्रको एक रिपोर्टले उनीहरुमाथि मुद्दा चलाउन प्रतिवेदन दिएको छ । म्यानमारको रखाइन प्रान्त र बाँकी क्षेत्रमा भएको नरसंहार र मानवता विरोधी अपराधमा ती सैनिक अधिकारीहरुको भूमिका जाँच हुनु पर्नेमा जोड दिएको छ ।

म्यानमारमा भएको जननरसंहार र मानवता विरोधी अपराधमा त्यहाँका ६ जना सेनाका उच्च अधिकारीहरुमाथि मुद्दा चलाउनु पर्ने संयुक्त राष्ट्रको एक रिपोर्टमा औल्याइएको छ ।

उक्त रिपोर्ट सैयाैँ मानिसहरुको सोधपुछमा आधारित रहेको जनाइएको छ । रिपोर्टमा सेनाले भेदभावपूर्ण व्यवहार गरेको उल्लेख छ । सोही रिपोर्टमा म्यानमारकी नेत्री आङसाङ सुकीलाई पनि हिंसा रोक्न असफल रहेकोमा कडा आलोचना गरिएको छ ।

म्यानमारको हिंसात्मक घटनामा दोषीलाई इन्टरनेशनल क्रिमिनल कोर्टमा पठाउनु पर्ने सुझाब रिपोर्टमा दिइएको छ । म्यानमार सरकारले आफ्नो बचाउमा अवैद्य घुसपैठ र चरम पंथीलाई मात्र सेनाले कारवाही गरेको बताउँदै आएको छ ।

निर्दोषको हत्या, सामुहिक बलात्कार र गाउँमा आगो लगाउने जस्ता काममा म्यानमारका सेनाको प्रयोग भएको आरोप संयुक्त राष्ट्रको रिपोर्टमा उल्लेख गरिएको छ । म्यानमारमा हिंसाको सुरुवात सन् २०१७ अगस्त महिनामा चरमपंथी रोहिंग्याबाट भएको थियो ।

जसमा दर्जनौ हिन्दु समर्थकहरुको चरमपंथीहरुले हत्या गरेका थिए । त्यसपछि म्यानमारको सेनाले रोहिंग्या मुसलमान विरुद्ध सैन्य कारबाही गरेको थियो । यो कारवाही पछि करिव ७ लाख रोहिंग्या मुसलमानहरु म्यानमार छाडेर अन्यत्र सुरक्षित स्थानतर्फ पलायन भएका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);