हिंसाको जिम्मेवार रोहिंग्या 'आफैँ' | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

एजेन्सी, २ असोज । म्यानमारको सेनाका उच्च अधिकारीले रोहिंग्याकै कारण अहिलेको समस्या आएको आरोप लगाएका छन् ।

सेनाका उच्च अधिकारीले पछिल्लो पटक भड्किएको द्वन्द्वका कारण म्यानमारका लाखौं रोहिंग्या मुसलमान विस्थापित हुनुको पछाडि उनीहरुकै हात भएको आरोप लगाएका हुन् । म्यानमारको सेनाका जनरल मिन आङ हलांगले रोहिंग्या कहिल्यै पनि जातिय समूह नरहेको बताए । हलांगले रोहिंग्या अतिवादी रहेको र रखाइन राज्यमा आफ्नो पकड स्थापित गर्न खोजेको दाबी गरेका हुन् । झण्डै एक महिनादेखि म्यानमारको उत्तरी राखीने राज्यमा हिंसा भड्किँदा झण्डै ४ लाख रोहिंग्या मुसलमान विस्थापित भएका थिए ।

तर सेनाले रोहिंग्या मुलसमानमाथि ज्यादति गरेको भन्दै विश्व समुदायमा आलोचित हुदैं आएको छ । संयुक्त राष्ट्रसंघले रोहिंग्यामाथि भइरहेको ज्यादतिप्रति ध्यानाकर्षण भएको जनाउँदै नेत्री आङ साङ–सुकीलाई समस्या समाधान गर्न अन्तिम मौका रहेको बताएको छ ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);