रोहिंग्याका लागि शिविर बनाउँदै संयुक्त राष्ट्र सघं | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

एजेन्सी, १ असोज । म्यानमार छोडेर भाग्न बाध्य बनाइएका रोहिग्ंया मुसलमान समुहलाई संयुक्त राष्ट्र सघंले चार लाख जति मानिस अटाउने क्षमता भएको शिविर बनाउने भएको छ ।

बङलादेशको कक्स बजार नजिकै अबको दश दिनभित्र नै कम्तिमा चार लाख मानिस अट्ने शिविर बनाउने अधिकारीहरुले जानकारी दिएका छन् ।

बीबीसीका अनुसार ८ वर्ग किलोमिटर जमीनमा नयाँ शिविर बनाउने उनीहरुको योजना रहेको छ ।

दश दिन भित्र बनाइने भनेको सो शिविरमा १४ हजार घर र ८५०० अस्थायी शौचालय बनाइने छ ।

बगंलादेश प्रहरीले आवत जावतमा कडाई गरेपछि रोहिंग्याहरु झन् समस्यामा परेका हुन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);