बाबा रामरहीमकी 'प्यारी' हनीप्रित नेपालमा रहेको खुलासा, अन्य तीन पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

एजेन्सी, १ असोज । बलात्कार मुद्दामा २० वर्षको जेल सजाय भोगिरहेका ‘डेरा सच्चा सौदा’ प्रमुख रामरहीमका नजिकका अन्य व्यक्ति समेत पक्राउ परेका छन् ।

बाबा बनेर भक्तहरुमाथि यौन शोषण गर्ने रामरहीमका सहयोगी प्रकाश, प्रदीप गोयल तथा विजयलाई पक्राउ गरिएको हो । पक्राउ परेका प्रदीपले बाबाका ‘प्यारी’ हनीप्रित भने नेपालमा रहेको खुलासा गरेका छन् । डेराका व्यक्तिहरुले हनीप्रितलाई नेपाल पठाएको तर पुलिसले एकिन नगरेको प्रदीपले बयानका क्रममा बताएका छन् ।

पक्राउ परेका यि तीनजनालाई भने रामरहीमलाई भगाउने प्रयास गरेको र रामरहीम पक्राउ पछि हिंसा भड्काएको आरोप लागेको छ । हरियाणा पुलिस अहिले हनीप्रितको खोजीमा रहेको छ ।

हनीप्रित सधैँ बाबा रामरहीमसँग रहने गर्थिन् । यि दुईबीच अवैध सम्बन्धको आरोप समेत लागेको छ । उसो त जेल जाने क्रममा रामरहीमले हनीप्रितलाई पनि सँगै राख्न पाउनुपर्ने माग गरेका थिए । हनीप्रित बाबाकी धर्मपुत्रीको रुपमा परिचित छिन् ।

डेराको छानबिन गर्ने क्रममा रामरहीम बारे पछिल्लो समय नयाँ नयाँ तथ्य खुलिरहेको छ । यतिसम्मकी उनी प्रसादको नाममा महंगो मूल्यमा फलफूल र सागसब्जी समेत बेच्ने गर्दथे ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);