ढोंगी बाबा जैनमुनिको कर्तुत, मन्दिरमा पूजा गरिरहेकी युवतीमाथि बलात्कार | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

काठमाडौं, २९ असोज । भारतमा चर्चित बाबा रामरहिम विभिन्न काण्डमा पक्राउ परी जेल परेको केही समय नहुँदै जैनमुनि नामका एक बाबा बलत्कारको आरोपमा पक्राउ परेका छन्। भारतको मध्यप्रदेशस्थित ग्वालियरकी एक १९ वर्षीया युवतीले जैन मुनि शान्तिसागर महाराजमाथि दुर्व्यवहारको आरोप लगाएपछि उनी पक्राउ परेका हुन्।

गुजरातको सूरतमा प्रहरीले शुक्रवार उनीविरुद्ध मुद्दा दर्ता गरेको थियो। शनिबार मेडिकल जाँचमा रेप पुष्टि भएपछि जैन मुनिलाई पक्राउ गरिएको भारतीय सञ्चार माध्यमले जनाएका छन्। जैन समुदायका केही संगठनहरूले मुनिको पक्राउको विरोधमा प्रदर्शन पनि गरेका छन्। सूरतका प्रहरी कमिस्नर सतीश शर्माले युवती वडोदराको कलेजमा पढिरहेको बताए। उनले प्रहरीलाई चिट्ठी लेखेर जैन मुनिमाथि बलात्कारको आरोप लगाएकी हुन् ।

आरोपअनुसार, जैन मुनिले १५ दिनअघि नानपुरा टीमलियावाडको जैन मन्दिरमा युवतीलाई रेप गरेका थिए । आफ्नो परिवारका सदस्यसँग धार्मिक कार्यक्रममा मन्दिर पुगेकी युवतीलाई सूरतमा चातुर्मास व्रत बसेका मुनिले बलात्कार गरेका हुन्। मुनिले मन्त्रजपको बहाना बनाएर युवतीलाई एउटा कोठामा र उनका आमाबुवालाई अर्को कोठामा पठाएर बलत्कार गरेका थिए। यसबारे बाहिर केही बोलेमा बुवाआमालाई मारिदिने धम्की दिएकाले युवतीले कसैलाई केही नभनेको प्रहरीको बयानमा बताएकी छन्।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);