व्यस्त बजारमा शक्तिशाली बम विस्फोट, ३० जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

काठमाडौँ, २९ असोज । सोमालियाको राजधानी मोगादिशुमा बम आक्रमण हुँदा कम्तिमा ३० जनाको मृत्यु भएको छ। मोगादिसुको व्यस्त बजारमा रहेको एक होटलको प्रवेशद्वार नजिक विस्फोटक पदार्थले भरिएको लरी विस्फोट भएको प्रहरीले जनाएको छ।

घटनामा धेरै मानिस घाइते भएकाले ज्यान गुमाउनेको संख्या बढ्न सक्ने प्रहरीलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ। अहिलेसम्म आक्रमणको जिम्मेवारी कुनै पनि समूहले लिएको छैन। मोगादिशुमा यस्तो आक्रमण धेरै हुने गरेको छ । यस्तै मादिना जिल्लामा भएको अर्को बम आक्रमणमा दुईजनाको ज्यान गएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);