राजधानीमा कार बम विस्फोटमा परि मृत्यु हुनेको संख्या ९० | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

राजधानीमा कार बम विस्फोटमा परि मृत्यु हुनेको संख्या ९०

somalia-bomb_

काठमाडौं, १३ पुस । सोमालीयाको राजधानी मोगादिशुमा कार बम विस्फोट हुँदा मृत्यु हुनेको संख्या ९० पुग्यो, ७० जना घाइते ।

मोगादिशुको दक्षिण पश्चिम क्षेत्र स्थित एउटा सुरक्षा चौकी नजिक शनिबार भएको उक्त कारबम विस्फोटबाट ९० जनाको मृत्यु हुनुका साथै ७० भन्दाबढी घाइते भएको अन्तराष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । कार्यालय समयमा निकै भिडभाडबीच विस्फोटक पदार्थले भरिएको कार विस्फोट गराइएको सोमाली सुरक्षाकर्मीहरुले बताएका छन् ।

सोमालीयाका एक सांसदले यो घटनामा घाइते भएका हरुमध्ये धेरैको अवस्था गम्भीर रहेकोले मृतकको संख्या अझै बढ्न सक्ने बताए । आक्रमणको जिम्मेवारी कसैले नलिएपनि उक्त विस्फोट विद्रोही समुह अलकायदा सम्बद्ध आल शाबाबले गरेको हुन सक्ने आशंका गरिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);