कोलम्बियामा भएको कार बम विस्फोटमा ९ जनाको मृत्यु, ३८ जना घाइते | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

कोलम्बियामा भएको कार बम विस्फोटमा ९ जनाको मृत्यु, ३८ जना घाइते

kolambiya

काठमाडौं, ४ माघ । कोलम्बियाको राजधानी बोगोटामा भएको कार बम विस्फोटमा परि ९ जनाको मृत्यु हुनुका साथै ३८ भन्दा बढी गम्भीर घाइते भएका छन् ।

बोगोटा सहरको दक्षिणी भागस्थित एक पुलिस क्याडेट स्कुलको बाहिर कार बम विस्फोट भएको हो । प्रत्यक्षदर्शीका अनुसार तेज गतिमा आएको एक कारलाई चेक प्वाइन्टमा सुरक्षाकर्मीले रोक्न खोज्दा ड्राइभरले कारको गति बढाएपछि पर्खालमा ठोक्किएको थियो । ठोक्किए लगत्तै कार विस्फोट भएको थियो ।

राष्ट्रपति इवान ड्यूकले घटनाले आफुलाई गम्भीर बनाएको भन्दै हिंसाको सामु कोलम्बिया नझुक्ने बताएका छन् । बोगोटा सहरका मेयर पेनालोसाले हमलाको निन्दा गर्दै यसलाई आतंकवादी आक्रमण भएको बताए । यद्यपि, घटनामा कुन समूहको संलग्नता छ भनेर खुल्न सकेको छैन ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);