सोमालीयामा ट्रकबम विस्फोटमा परी ३० को मृत्यु, ५० बढी घाइते | ईमाउण्टेन समाचार

Our Network

साउन ११ २०८३, मंगलबार

सोमालीयामा ट्रकबम विस्फोटमा परी ३० को मृत्यु, ५० बढी घाइते

सोमालीयाका एक सांसदले यो घटनामा ९० जना भन्दा बढीको मृत्यु भएको आशंका गरेका छन्

एजेन्सी, १२ पुस । सोमालीयाको राजधानी मोगादिशुमा ट्रकबम विस्फोटबाट ३० जनाको ज्यान गएको छ । मोगादिशुको दक्षिण पश्चिम क्षेत्र स्थित एउटा सुरक्षा चौकी नजिक शनिबार भएको उक्त कारबम विस्फोटबाट ३० जनाको ज्यान जानुका साथै ५० भन्दाबढी घाइते भएको अन्तराष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।

कार्यालय समयमा निकै भिडभाडबीच विस्फोटक पदार्थले भरिएको ट्रक विस्फोट गराएर उक्त आक्रमण भएको सोमाली सुरक्षाकर्मिहरुले बताएका छन् । सोमालीयाका एक सांसदले यो घटनामा ९० जनाभन्दाबढीको मृत्यु भएको आशंका गरेका छन् ।

तर त्यसको आधिकारीक पुष्टि हुन नसकेको संचार माध्यमहरुले जनाएका छन् । आक्रमणको जिम्मेवारी कसैले नलिएपनि उक्त विस्फोट विद्रोही समुह अलकायदा सम्बद्ध आल शाबाबले गरेको हुन सक्ने सोमालीया प्रहरीले आशंका गरेको छ ।