रुसद्वारा ध्वनीभन्दा २० गुना छिटो उड्ने क्षेप्यास्त्र जडान | ईमाउण्टेन समाचार

Our Network

चैत ७ २०८०, बुधवार

रुसद्वारा ध्वनीभन्दा २० गुना छिटो उड्ने क्षेप्यास्त्र जडान

एजेन्सी, १२ पुस । रुसले ध्वनिभन्दा २० गुणा छिटो उड्ने हाइपरसोनिक अभानगार्ड क्षेप्यास्त्रहरू जडान गरेकोे छ । रुसि रक्षामन्त्री सेर्गेई सोइगुले ती क्षेप्यास्त्रहरू जडान गरिएको पुष्टि गर्दै यसलाई मुलुकको प्रतिरक्षा प्रणालीमा महत्वपूर्ण उपलब्धी भएको बताएको अन्तराष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन्।

ती क्षेप्यास्त्रहरू जडान गरिएको स्थान गोप्य राखिएको छ । तर ती हाइपरसोनिक अभानगार्ड क्षेप्यास्त्रहरू पश्चिमी रुसको युराल पर्वत क्षेत्र वरपर राखिएको बताइएको छ ।

राष्ट्रपति भ्लादिमिर पुटिनले परमाणु अस्त्र बोक्न सक्ने ती क्षेप्यास्त्रहरूले जडानले आणविक क्षेत्रमा रुसलाई अन्य राष्ट्रभन्दा अगाडि पु-याएको दावी गरेका छन् ।

ती क्षेप्यास्त्रहरूमा ’ग्लाइड’ प्रणाली राखिएकोले प्रहार गर्न सहज बनाएको र त्यसलाई नष्ट गर्न असंभव हुने दाबी गरिएको छ । सन् २०१८ को डिसेम्बरमा गरिएको परिक्षणमा उक्त क्षेप्यास्त्रले छ हजार किलोमिटर परको लक्ष्यलाई प्रहार गरेको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);