कुवेतस्थित अमेरिकी सैन्य बल लक्षित दुई इरानी क्षेप्यास्त्र अमेरिकाद्वारा विफल | ईमाउण्टेन समाचार

Our Network

भदौ १६ २०८३, बुधवार

कुवेतस्थित अमेरिकी सैन्य बल लक्षित दुई इरानी क्षेप्यास्त्र अमेरिकाद्वारा विफल

कुवेतमा तैनाथ अमेरिकी सैन्य बललाई लक्षित गरी प्रहार गरिएका दुईवटा इरानी ब्यालेस्टिक क्षेप्यास्त्रहरू अमेरिकी सेनाले सफलतापूर्वक विफल पारेको छ । अमेरिकी सेन्ट्रल कमाण्ड (सेन्टकम) ले सोमवार सामाजिक सञ्जाल एक्समार्फत यसबारे जानकारी दिएको हो । सेन्टकमकाअनुसार आईतवार ढिलो गरी ती क्षेप्यास्त्रहरू प्रहार गरिएका थिए । अमेरिकी प्रतिरक्षा प्रणालीले क्षेप्यास्त्रहरूलाई तत्कालै आकाशमै नष्ट गरिदिएको थियो । यस घटनामा कुनैपनि अमेरिकी सैन्य कर्मचारीलाई चोटपटक नलागेको र कुनै मानवीय क्षति नभएको कमाण्डले स्पष्ट पारेको छ ।

Leave a Reply

ताजा समाचार