टर्कीमा नौ दिने इद उल–अधा पर्वको बिदाका क्रममा भएका विभिन्न सडक दुर्घटनामा परी ७० जनाको मृत्यु भएको छ । राष्ट्रपति रेसेप तैयप एर्डोगानले सोमवार यसबारे जानकारी दिएका हुन् । राष्ट्रपति एर्डोगानकाअनुसार अघिल्ला वर्षहरूको तुलनामा यस वर्ष घातक सडक दुर्घटनाको संख्यामा भने कमी आएको छ । नयाँ सडकहरूको निर्माण, सघन ट्राफिक नियन्त्रण, हवाई माध्यमबाट गरिने निरीक्षण तथा भारी सवारी साधनको सञ्चालनमा लगाइएको प्रतिवन्धजस्ता सुरक्षात्मक उपायहरूका कारण सडक सुरक्षामा सुधार आएको राष्ट्रपति एर्डोगानले बताएका छन् ।




