अपडेट : मुस्ताङको स्याङ्बाेचेमा टिपर दुर्घटनामा परि मृत्यु हुनेको संख्या १९ पुग्यो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

अपडेट : मुस्ताङको स्याङ्बाेचेमा टिपर दुर्घटनामा परि मृत्यु हुनेको संख्या १९ पुग्यो

मुस्ताङ, २२ असार । उपल्लो मुस्ताङको स्याङ्बाचेमा ट्रिपर दुर्घटनामा परि १९ जनाको मृत्यु भएको छ । कालिगण्डकी करिडोर अन्तर्गत सडक विस्तारमा प्रयोग भएको बा २ ख २२१९ नम्बरको ट्रिपर स्याङ्वाचेमा दुर्घटना हुँदा १९ जनाको मृत्यु भएको हो ।

जोमसोमदेखि झैतेसम्मको ५८ किलोमिटर सडक स्तरोन्नति गर्ने क्रममा घिलिङमा खना खाएर कार्यस्थल फर्कदै गरेका मजदुर बोकेको ट्रिपर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यलय मुस्ताङले जनाएको छ ।

दुर्घटना हुँदा १५ जनाको घटनास्थलमा र ४ जनाको उपचारका लागि लैजानेक्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा ६ जना महिला र १३ जना पुरुष रहेका छन् ।

दुर्घटनामा अन्य १३ जना घाइते भएका छन् । घाइतेहरुलाई उपचारको लागि सदरमुकाम जोमसोम र नेपाली सेनाको हेलिकप्टरबाट पोखरा ल्याइएको छ । ट्रिपर सडकबाट करिब ७० मिटर तल खसेको छ ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);