इरानका ८० भन्दा बढी स्थानमा अमेरिकाको नयाँ चरणको आक्रमण, तेहरानद्वारा कडा प्रतिवादको चेतावनी | ईमाउण्टेन समाचार

Our Network

असार २४ २०८३, बिहीबार

इरानका ८० भन्दा बढी स्थानमा अमेरिकाको नयाँ चरणको आक्रमण, तेहरानद्वारा कडा प्रतिवादको चेतावनी

संयुक्त राज्य अमेरिकाले इरानका ८० भन्दा बढी सैन्य लक्ष्यहरूमा नयाँ चरणको हवाई आक्रमण सम्पन्न गरेको छ । अमेरिकी सेन्ट्रल कमाण्डले यससम्बन्धी आधिकारिक जानकारी गराएको हो । हर्मोज जलडमरूमध्य भएर यात्रा गरिरहेका तीनवटा व्यापारिक जहाजहरूमाथि आक्रमण भएपछि त्यसको प्रतिक्रियास्वरूप अमेरिकी सेनाले इरान लक्षित यी आक्रमणहरू गरेको सेन्ट्रल कमाण्डले जनाएको छ । यसैबीच, इरानको उच्च सैन्य कमाण्डले अमेरिकी कदमको निन्दा गर्दै यसको ‘कडा र निर्णायक जवाफ’ दिने चेतावनी दिएको छ । इरानी सैन्य नेतृत्वले हर्मोज जलडमरूमध्यको व्यवस्थापनमा अमेरिकी हस्तक्षेप सहन नसकिने र आफ्ना सशस्त्र बलहरूले त्यसको उचित प्रतिवाद गर्ने स्पष्ट पारेको छ ।

Leave a Reply