उजुरीकर्ता र प्रश्तावित व्यक्तिसँगको छलफल एउटै दिन गरौँः रास्वपा सांसद बुर्लाकोटी | ईमाउण्टेन समाचार

Our Network

असार २४ २०८३, बिहीबार

उजुरीकर्ता र प्रश्तावित व्यक्तिसँगको छलफल एउटै दिन गरौँः रास्वपा सांसद बुर्लाकोटी

काठमाडौं ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद कविन्द्र बुर्लाकोटीले संसदीय सुनुवाई प्रक्रियालाई थप प्रभावकारी बनाउन प्रश्तावित व्यक्ति र उजुरीकर्ताबीचको छलफल एकै दिन गर्न प्रस्ताव गर्नुभएको छ ।
प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको सुनुवाइ सम्बन्धी छलफल गर्न विहीवार बसेको संसदीय सुनुवाई समितिको बैठकमा उहाँले यस्तो बताउनुभएको हो । अघिल्लो संसदीय सुनुवाइको अनुभव उल्लेख गर्दै उहाँले उजुरीकर्तासँगको छलफल र प्रश्तावित व्यक्तिसँगको प्रश्नोत्तर एउटै दिन सञ्चालन गर्दा प्रक्रिया बढी प्रभावकारी हुने बताउनु भयो । यसो गर्दा उजुरीका विषयवस्तु पुनः सम्झिरहनु नपर्ने र छलफल थप व्यवस्थित हुने उहाँको भनाइ थियो । उहाँले आवश्यक परेमा त्यसपछिका निर्णयका लागि छुट्टै बैठक राख्न सकिने बताउनु भयो ।

उहाँले समितिको बैठक भर्चुअल माध्यमबाट सञ्चालन गर्न गर्न आग्रह गर्नुभयो । भर्चुअल बैठक सञ्चालन गरिएमा समयको बचत हुने, सदस्यहरूले घरबाटै आवश्यक अध्ययन गरेर बैठकमा सहभागी हुन सहज हुने उहाँको भनाई छ । उहाँले बैठकका लागि आवश्यक कागजात पनि डिजिटल प्रतिमार्फत उपलब्ध गराउनुपर्नेमा जोड दिनुभयो ।

Leave a Reply