काठमाडौं ।
प्रतिपक्ष दल नेपाली कम्युनिष्ट पार्टीका सांसद प्रमेशकुमार हमालले सुशासन सत्ता पक्षलाई लाग्दैन ? भनि सरकारलाई प्रश्न गर्नुभएको छ ।
बिहीवार प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै उहाँले उक्त कुरा गर्नुभएको हो । प्रधानमन्त्री बालेन्द्र साहदेखि सत्तारुढ दलका कुनैपनि व्यक्तिलाई सरकारले सुशासनको मामिलामा छुट दिएको भन्दै सांसद हमालको आक्रोश थियो । उहाँले वर्तमान सरकारले जवाफदेहिता र पारदर्शिता विपक्ष दलहरुसँग मात्रै खोजेर प्रतिसोधको राजनीति गरिरहेको जिकिर पनि गर्नुभयो । सांसद हमालले विपक्षलाई विना कारण पहिला थुन्ने अनि हेर्ने काम मात्रै सरकारले गरिरहेको भन्दै आपत्ति जनाउनु भयो ।
सांसद हमालले सरकारको कसैको इसारमा चलिरहेको भान भईरहेको पनि बताउनु भयो ।




