इराकमा आतंकवादी आक्रमण | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

इराकमा आतंकवादी आक्रमण

इराकको राजधानी बग्दानमा आत्मघाती आक्रमण, कम्तिमा १५ जनाको मृत्यु, घटना अतिवादी संगठन आइएसले गराएको हुनसक्ने अनुमान

इराकमा आतंकवादी आक्रमण

काठमाडौं । इराकको राजधानी बग्दानमा भएको आत्मघाती आक्रमणमा परि कम्तिमा १५ जनाको मृत्यु भएको छ ।

बग्दादमा रहेको प्रहरी चेकपोष्टमा आत्मघाती कार बम आक्रमण भएको बिबिसीले जनाएको छ । घटनामा ४० जना भन्दा धेरै घाइते भएका छन् ।

प्रहरी चेकपोष्ट नजिक रहेको तेलको ट्यांकरमा लगेर आक्रमणकारीले कार बम विस्फोट गराएको सरकारी अधिकारीले बताएका छन् । आक्रमणको जिम्मेवारी अहिलेसम्म कुनै पनि समूहले लिएको छैन ।

बिद्रोही संगठन इस्लामिक स्टेट आइएसले पछिल्लो समय इराकमा यस्तै खालका आक्रमण गर्दै आएको छ ।

इराकी सेनाले अहिले आइएसको कब्जामा रहेको मोसुल शहर आफ्नो नियन्त्रणमा लिनका लागि कारवाही अभियान चलाइरहेको छ ।

मोसुल इराकमा आइएसको कब्जामा रहेको अन्तिम शहरी क्षेत्र हो । अमेरिकी गठबन्ध सेनाको सहयोगमा भइरहेको कारवाही अभियान निष्कर्ष तर्फ उन्मुख भएको इराकी सेनाले बताएको छ ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);