दक्षिण कोरियाका अपदस्त राष्ट्रपति पार्क पक्राउ, नजरबन्दमा राखिने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

दक्षिण कोरियाका अपदस्त राष्ट्रपति पार्क पक्राउ, नजरबन्दमा राखिने

दक्षिण कोरियाका अपदस्थ राष्ट्रपति पार्क गुएन हाय पक्राउ, नजर बन्दमा राखेर थप अनुसन्धान गर्ने तयारी, भ्रष्टाचार सँगै गोप्य सुचना चुहावट गरेको आरोप

दक्षिण कोरियाका अपदस्त राष्ट्रपति पार्क पक्राउ

काठमाडौं । दक्षिण कोरियाका अपदस्थ राष्ट्रपति पार्क गुएन हायलाई प्रहरीले पक्राउ गरेको छ । 

भ्रष्टाचारको अभियोग लागेकी पार्कलाई अनुसन्धानका लागि हिरासतमा लिइएको त्यहाँको सञ्चार माध्यमले जनाएको छ ।

अदालतले उनलाई हिरासतमा लिन अनुमति दिएपछि पक्राउ गरिएको हो ।

अब पार्कलाई नजर बन्दमा राख्ने सकिने अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । दक्षिण कोरियामा राष्ट्रपति पदमा चुनिने ६५ वर्षिय पार्क गुएन हाय पहिलो महिला नेतृ थिइन् ।

दक्षिण कोरियामा अपराधमा तानिएर हिरासतमा पर्नेमा उनी तेस्रो राष्ट्रपति भएकी छिन् । बिहीबार अदालतमा पेश भएकी उनले ९ घण्टासम्म उपस्थिति जनाएकी थिइन् ।

उनलाई भ्रष्टाचारसँगै सरकारी गोप्य सूचना चुहावट गरेको आरोप पनि लागेको छ ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);